Posts

Showing posts from July, 2020

अप्डेट: गुल्मीमा घरमा पहिरो खस्दा सुतिरहेका ४ जनाको मृत्‍यु

Image
माधब ज्ञवाली गुल्मी, साउन १७ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घा आँटिपाटामा पहिरो खस्दा एकै परिवारको ४ जनाको मृत्यु भएको छ । घर माथिबाट एक्कासी खसेको पहिरोमा पुरिँदा एकै घरका ४ जनाको मृत्यु भएको हो । वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीका अनुसार शुक्रबार साँझपखबाट परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खसी घरमा सुतिरहेको बेलामा ४ जनाको घटनास्थलमै ज्यान गएको हो । रातको समय त्यसै माथि दुर्गम बस्ती र ठाउँठाउँमा पहिरो पनि खसेका कारण उद्दार कार्यमा कठिनाई आएको उनले बताए । उद्दारको लागि रिडिबाट प्रहरिको टोली घटनास्थल पुगेको र स्थानीय लगायत जनप्रतिनिधिहरु पनि घटनास्थल तर्फ जाने प्रयास गरेको उनले जानकारी दिए । टाहाटिम बजारसम्म पुग्ने बाटोसमेत अबरुद्ध भएकाले त्यहाँबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

गुल्मीको रुरुक्षेत्र गाँउपालिकामा पहिरोमा परि ४ जनाको घटना स्थलमै मृत्यु

Image
गुल्मी  ।  गुल्मीको  रुरु क्षेत्र  गाउँपालिका वार्ड नम्बर ५ को आटिपाटामा पहिरो खस्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ  । थप विवरण आउन बाँकी

पहिरोले सात जनाको मृत्यु

Image
कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ । पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए । पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् । यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन् । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन् । घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए । यसैगरी पोखरा–२५ हेम्जामा प...

गुल्मी पहिराे अपडेट : दुई जनाको ज्यान गयो, एक जना बेपत्ता

Image
गुल्मी – गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।  इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीय बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिनुभयो । बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्क बिहीन भएको स्थानीय रामबहादुर केसीले बताउनुभयो । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ । घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । पानी परिरहेका अहिले पनि पहिरो खसिरहेको छ । पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।  गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो ...